कञ्चनपुर घटनाबारे देउवाको टिप्पणीः बलात्कारीलार्इ कारबाही गर्न फास्ट ट्रयाक कोर्ट अावश्यक
८ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुर घटनाबारे फेसबुकमा टिप्पणी गर्दै फास्ट ट्रयाक कोर्ट गठन गर्नुपर्ने अवश्यकता रहेको बताएका छन । उनले शुक्रबार भएको घटनाको भर्त्सना समेत गरका छन ।
उनले कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक बालकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीसँग त्यस घटनाको छानबिन गर्न माग समेत गरेका छन ।
बलात्कार र हत्याको निष्पक्ष छानबिन होस् भन्दै आन्दोलनमा उत्रिएका स्थानीय नागरिकमाथि प्रशासनले गोली चलाएको भन्दै निर्मलाको परिवारलाई सुरक्षा दिन र नयाँ ढंगबाट घटनाको छानबिन गर्न पनि सभापति देउवाले माग गरेका छन । साथै सभापति देउवाले दिनहुँ ३–४ वटा बलात्कारका घटना हुनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन ।
प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार २०:४३