५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

रिभर फल्स पावरको आईपीओ आज बाँडफाँट हुँदै

९ जेठ, काठमाडौँ  । रिभर फल्स पावर लिमिटेडको आईपीओ आज चार बजे बाँडफाँट हुने भएको छ । कम्पनीको विक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटलमा सोमबार साँझ ४ बजे आईपीओ बाँडफाँट हुन लागेको हो । कम्पनीको आईपीओ गत शुक्रवार प्रि– अलटमेण्ट गरिएको थियो ।

कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट रू. २ अर्ब ११ करोड ३२ लाख ९२ हजार बराबरको आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ ।

बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । यस अनुसार २ लाख ५३ हजार ८९० जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् ।

हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात् यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १४:५८