८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नवलपुरको मध्यविन्दु नगरपालिकामा नेकपा एमाले विजयी

५ जेठ, नवलपुर। मध्य नेपालमा रहेको नवलपुरको मध्यविन्दु नगरपालिकामा नेकपा एमालेका भीमलाल अधिकारी विजयी भएका छन । उपप्रमुखमा पनि एमालेकै पूर्णकला चौधरी विजयी भएकी छिन ।

निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिए अनुसार अधिकारीले १६ हजार २ सय १२ मत पाएका छन भने चौधरीले १६ हजार १ सय ५ मत पाइन । अधिकारीले प्रतिवन्दी काँग्रेसका सूर्यबहादुर गुरुगंलाई १ हजार ५ सय ६७ मतले पराजित गरे । २०७४ सालको निर्वाचनमा अधिकारी मेयरमा पराजित भएका थिए ।

उपमेयर चौधरीले प्रतिष्पर्धी काँग्रेसकी टिका कुमारी महतोलाई १ हजार ५ सय ४१ मतले पराजित गरे । १५ वडा भएको यो नगरपालिकामा एमालेले १० र काँग्रेसले पाँचवटा वडा जितेको छ । यो नगरपालिकामा पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्दछ । यहाँबाट पूर्वी सिमाना काकरभिटा र पश्चिम सिमाना महेन्द्रनगर पुग्न उतिकै दुरी रहेको छ ।

प्रकाशित मिति : May 19, 2022 at 8:34 am