३ असार २०८१, सोमबार | Mon Jun 17 2024

चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजितः अमेरिकी सञ्चार माध्यम


४ जेठ, न्युयोर्क । मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजानी ‘नोज डाइभ’मा राखिएको फ्लाइट डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्यांकनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ ।

चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो । कुन्मिङबाट गुआनझाओउतर्फ उड्ने क्रममा विमान दुर्घटना भएको थियो । दुर्घटनापछि विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो । ‘विमानले ककपिटमा कसैले गर्न भनेको थियो । अमेरिकी अधिकारीहरूको प्रारम्भिक मूल्यांकनसँग परिचित व्यक्तिलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले लेखेको छ ।

दुर्घटनास्थलमा फेला परेको विमानको ‘ब्ल्याक बक्स’ ‘इनपुटहरू’ले विमानलाई झन्डै ठाडो भएर तल धकेलेको थियो ।

दुर्घटनालगत्तै सार्वजनिक भएको एउटा भिडियोमा पनि विमानको अगाडिको भाग आकाशबाट सीधै तल सोझिएको अवस्थामा देख्न सकिन्छ । एबीसी न्यूजले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सो दुर्घटना नियोजित भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:४२