८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सर्लाही मलंगवा नगरकाे प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

४ जेठ, मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा ४ हजार ६३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्रप्रसाद यादव नगरप्रमुखमा निर्वाचित भएका हुन् । यादवले ९ हजार ७८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल साहले चार हजार ६३९ मत मात्रै ल्याएका छन् ।

सर्लाहीमा अहिलेसम्म १० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १० पालिकामा मतगणना जारी छ । मतगणना सार्वजनिक भएका १० पालिकामध्ये ८ पालिकामा कांग्रेस र दुईवटा पालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : May 18, 2022 at 12:58 pm