७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एनआईसी एसिया फलेक्सी क्याप फन्डले पायो निष्कासनको अनुमति

४ जेठ, काठमाडाैँ । एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड’ले निष्कासनको अनुमति पाएको छ।

गत वैशाख २९ गते धितोपत्र बोर्डले यो फन्डलाई निष्कासनको अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब यो योजनाको १ अर्ब रुपैयाँ बराबरका इकाइहरुको निष्कासन हुनेछन्।

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : May 18, 2022 at 12:35 pm