गाेरखाकाे धार्चे-६ मा गठबन्धनलाई हराउँदै एमाले विजयी
३ जेठ, गोरखा । गाेरखाकाे धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् ।
घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् । घले ०७४ काे निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।
प्रकाशित मिति : May 17, 2022 at 9:50 am









