४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

जेठ १० गतेदेखि अपर हेवाखोला हाइड्रोपावरको आईपीओ खुल्दै

२ जेठ, काठमाडाैँ । अपर हेवाखोला हाइड्रोपावरले जेठ १० गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरु अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा जेठ २४ गतेसम्म र ढीलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

कम्जनीले आइपीओमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसैगरि ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सकिन्छ । यस्तै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले यस आइपीओमा एनएमबि क्यापिटल नागपोखरी काठमाडौँ, अपर हेवाखोला कम्पनी अनामनगर, काठमाडौँबाट आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १३:०९