मकवानपुरमा पहिलो महिला वडाध्यक्ष कांग्रेसबाट विजयी
२ जेठ, मकवानपुर । मकवानपुर जिल्लामा स्थानीय निर्वाचन- २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन् । मकवानपुरको बकैया गाउँपालिका-१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।
वाइवा निकटतम प्रतिस्पर्धी एमालेका कमलकुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् । वाइवाले ६२९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३७५ मत पाएका हुन् । उनी मकवानपुरमै पहिलो निर्वाचित हुने वडाध्यक्ष हुन् ।
प्रकाशित मिति : May 16, 2022 at 7:17 am









