८ असार २०८३, सोमबार | Mon Jun 22 2026

ओखलढुंगाको लिखु १ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा हिराबहादुर कार्की

३१ वैशाख, ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका नेकपा एमालेका हिराबहादुर कार्की २९० मतसहित विजयी भएका छन । केहीबेर अघि सम्पन्न मतगणनामा उनी प्रतिद्धन्द्धीलाइ ४७ मतले पछिपार्दै विजयी भए ।

नेपाली कांग्रेसका रविनकुमार खत्री २४३ र नेकपा माओवादी केन्द्रका ओमहरि खड्का ९५ ममत प्राप्त गरेका छन । सदस्यहरूमा एमालेका अनिल कार्की ३२१, टहलबहादु खड्का३०९, उर्मिला ढुंगेल २६७ र रीता विश्वकर्मा ३०५ मतसहित विजयी भएका छन ।

अध्यक्षमा झिनो मतले अग्रता लिएको एमालेको उपाध्यक्षले भने फराकिलो मतान्तरले अग्रता कायम गरेको छ । उपप्रमुखमा भने एमालेकी अस्मिता थापाले भारी मतले अग्रता लिएकी छिन । उनले ३५० मत प्राप्त गरेकी छिन । त्यस्तै उनलाइ पछ्उदै गरेकी कांग्रेसकी प्रेमकुमारी दाहालले २३० मत प्राप्त गरेकी छिन । त्यस्तै माओवादी केन्द्रकी विमला भट्टराईले ४८ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : May 14, 2022 at 3:36 pm