हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु
३१ वैशाख, मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मतगणना स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा आज बिहान ७ बजेदेखि सुरु भएको छ । बिहान ११ः बजे सम्म २०० मत गन्दा नेकपा (एमाल)ेका प्रमुख पदका उम्मेदवार अनन्त पौडेलले ७१, गठबन्धनका नेकपा एकीकृत (समाजवादी)का मीना लामाले ६५ र राप्रपाका दीपकबहादुर सिंहले ४२ मत प्राप्त गरेका छन्, भने उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँले ८८, एमालेका सुमित्रा काफ्लेले ८२, राप्रपाकै इन्दिरा न्यौपानेले १२ मत प्राप्त गरेका छन् ।
प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौँडा उपमहानगरपालिकामा करिब ६६% मतदान भएको र मकवानपुर जिल्लामा करिब ७१% मतदान भएको बताए । उनले मतगणनास्थलमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र आवश्यक कर्मचारी खटाइ सकभर तीन चार दिनमै मतगणना सम्पन्न गरिने जानकारी दिए।
प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १५:२१