१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रसुवाको आमाछोदिङमो १ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा साङ लामा

३१ वैशाख, रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्यानल नै विजयी भएको छ । साङ लामा तामाङ २९०  मतसहित वडा अध्यक्षमा विजयी भएका छन । उनको प्यानलका सबै सदस्य पनि विजयी भएका छन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका प्रकाश तामाङ २६७  मतसहित र उच्चील तामाङ २७२ मतसहित वडा सदस्यमा विजयी भएका छन ।

त्यस्तै महिला वडा सदस्यमा देशी रानी तामाङ २८२ मत र दलीय महिला सदस्यमा कमला कामी २६४ मतसहित विजयी भएकी छन । वडा अध्यक्षमा पराजित कांग्रेसका देवी तामङले २४१ मत प्राप्त गरेका छन । गाउँपालिका अध्यक्षमा भने नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १०:१५