११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मालारानी गाउँपालिकामा एमालेकाे सुरुवाती अग्रता, गठबन्धनका उम्मेदवार भारी मतले पछि परे

३१ वैशाख, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ मा गणना भएको २०० मतमध्ये एमालेले अध्यक्षमा १०१ मत पाएको छ भने गठबन्धनका उम्मेदवारले ५५ मत पाएका छन् ।

उपाध्यक्षमा एमालेले १०४ मत पाउदा गठबन्धनका उम्मेदवारको ५१ मत छ । वडाध्यक्षमा एमाले उम्मेदवारको १०२ र गठबन्धनका उम्मेदवारको ५७ मत छ ।

मालारानी गाउपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चा सहितको गठबन्धन भएको छ भने एमाले एकल प्रतिस्पर्धामा रहेको छ ।

प्रकाशित मिति : May 14, 2022 at 7:00 am