भट्टराईलाइ आयोगद्वारा स्पष्टीकरणकाे माग (पत्रसहित)
३० बैशाख, काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मतपत्र सार्वजनिक गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
आयोगले भट्टराईलाई पठाएको स्पष्टीकरण पत्रमा गोप्य कक्षमा कुनै सहयोगी तथा मोबाइल वा क्यामरा लैजान नमिल्ने पनि स्मरण गराएको छ । सामाजिक सञ्जालमा भट्टराईले स्वस्तिक छाप देखिने गरी मतपत्र शेयर गरेको विषयमा आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : May 13, 2022 at 5:41 pm









