१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

निर्वाचन आयोगले बाबुराम भट्टराईसँग २४ घण्टे स्पष्टीकरण साेध्याे (विज्ञप्तिसहित)

३० वैशाख, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । स्थानीय तह निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै डा. भट्टराईलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरेको छ ।’

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १५:४९