१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अपरान्ह दुई बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो

३० वैशाख, काठमाडौं । निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ । आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं.१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ । आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १४:५९