१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अछाम मतदान केन्द्रमा झडप, दुई ठाउँमा मतदान स्थगित

 

३० वैशाख,अछाम । अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।

लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्। यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो।

मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १४:५८