१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३० वैशाख, लमजुङ । लमजुङमा एक सय ८२ वटै मतदान केन्द्रबाट जारी मतदानमा ४० प्रतिशत मत खसेको छ । मतदानलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका सबै अंग परिचान भएका छन् । आममतदाता पनि मतदान गर्न बिहानैदेखि लामबद्ध भएर लाईनमा बसेका छन् ।

तर, मतदानमा सहभागी मतदाताहरुलाई लामो समय लाईनमा बस्नुपर्ने बाध्यताले कष्टपूर्ण बनाएको छ । कुनैपनि मतदान केन्द्रमा समस्या नदेखिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन ।

जिल्लाका सबै मतदान केन्द्रलाई शान्तिपूर्ण बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म जिल्लामा ४० प्रतिशत  मतदान सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १४:२१