८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कालीकोटको मतदान केन्द्रमा मतदान स्थगित

३० वैशाख  सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका माध्यमिक मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ । मतदानका बिषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो ।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङ्गले बताइन् । अहिले पुनः मतदानका बिषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : May 13, 2022 at 1:10 pm