८ असार २०८३, सोमबार | Mon Jun 22 2026

विवादका कारण दार्चुलाको पिपलचौरीकाे मतदान रोकियो

दार्चुला, ३० वैशाख । दार्चुलाको दुहुँ गाउँपालपका–१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ । उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनका अनुसार अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा मतदान नै रोकिएको हो । मतदान सुरु गर्ने विषयमा अहिले सर्व दलीय बैठक बसिरहेको प्रहरी प्रमुख विष्टले बताए ।

प्रकाशित मिति : May 13, 2022 at 11:08 am