एमाले प्रमुख सचेतक भट्टराईकाे दाबीः निर्वाचनकाे परिणाम सुखद् आउनेछ
३० वैशाख, काठमाडाैँ । प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसाैं पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खाेटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनी अध्धयन गरेका थिए ।
मतदानपछि उनले भनेका छन्, ‘गणतन्त्र प्राप्तिपछिको दोस्राे स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।’ मतदान गरेकाे १० औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेकाे र तीन पटक भने हारेकाे भट्टराईले बताए । उनले यस पटक निर्वाचनकाे परिणाम सुखद् आउने पनि दाबी गरे ।
प्रकाशित मिति : May 13, 2022 at 9:27 am









