प्रधानमन्त्री देउवा मतदानकालागी डडेलधुरा जाने
२९ बैशाख, काठमाडौ । कैलाली ।नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा भोलि मतदान गर्न डडेलधुरा जाने भएका छन् ।
२५ गते धनगढी आएका देउवा डडेलधुरा पुगेर फेरी आज धनगढी फर्किएका थिए । उनी भोलि मतदान गर्न डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवा खोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् ।
प्रकाशित मिति : May 12, 2022 at 5:20 pm









