गायक प्रमोद खरेल दुर्घटनामा, स्वास्थ्य अवस्था सामान्य
१५ वैशाख, काठमाडाैँ । गायक प्रमोद खरेल दुर्घटनामा परेका छन । दाङको कार्यक्रममा सहभागी हुन जाँदा दुर्घटनामा परेको प्रमोदले समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले दुर्घटनापछि एउटा अर्को युद्ध जीन्दगीसँग भन्दै घटनाको बिबरण जानकारी दिएका छन ।
खरेलले समाजिक सञ्जालमा लेखेका छन,
एउटा अर्को युद्ध जीन्दगी सँग
काठमाण्डू मा रेकर्डींग सकेर हिजो साँझ नेपालंगज Flight लिएर तुलसीपुर दाङको हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको गम्भीर कार दुर्घटनामा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ । अर्ध निन्द्रा मै मेरो होश त्यही गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५/७ मिनट कहॉ बाट आए कहॉ छु पत्तै पाइन। गाड़ी को Air bag र seat belt ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे। काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जॉच पछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु, नोगेन
प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १०:३५