१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

कार्यालय समय एक घण्टा बढ्यो

१४ वैशाख, काठमाडाैँ । हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सरकारले कार्यालय समय बढाएको छ । यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझ ५ः ३० सम्म सञ्चालन गर्ने निर्णय भएकाे जानकारी दिए । अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए ।

पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो । नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १५:१४