३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

नेपालले जिम्बाबेसँग खेल्ने एक दिवसीय र टी-२० खेलको प्रत्यक्ष प्रसारण हुने


१४ वैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी-२० खेलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको छ ।

कीर्तिपुर त्रिवि मैदानमा हुने खेल याक्सन स्पोर्ट्सले टेलिभिजन लाइभको अधिकार पाएको छ भने ओएसआरले डिजिटल राइट्स पाएको छ । क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको थियाे ।

नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । यस्तै ज्ञानेन्द्र मल्ललाई विश्राम दिइएको छ । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने जनाएको छ ।

नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-ट्वान्टी खेल खेल्नेछ । ५० ओभरको सिरिज १७ देखि २१ वैशाखसम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज २३ देखि २६ वैशाखसम्म हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १४:३१

https://srdb.com.np/