२० कार्तिक २०८१, मंगलवार | Wed Nov 6 2024

रोल्पामा कांग्रेस नेतृ देउकला नेपाली सूर्य चिन्हबाट निर्विरोध, कानुनले एमाले बनायो

१४ वैशाख, काठमाडौँ । रोल्पाको माडी गाउँपालिकामा ‘एमाले–कांग्रेस’ गठबन्धनबाट एक दलित महिला सदस्य निर्विरोध भएका छन्। दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी माडी वडा– १ की देउकला नेपाली निर्विरोध निर्वाचित भएको निर्वाचिन अधिकृतको कार्यालयले जनाएको छ।

आउँदो वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयनमा उनको एकल उम्मेदवार परेको हो।  विजयी दलित महिला सदस्यको औपचारिक घोषणा हुन बाँकी छ। आगामी शुक्रबारसम्म दाबी विरोध नपरे उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

देउकला नेपाली नेपाली कांग्रेसको नेतृ भए पनि गठबन्धन बलियो बनाउन नेकपा एमालेको सूर्य चिन्हबाट निर्वाचनमा सहभागी हुनेगरी उम्मेदवारी दिएकी थिइन । उक्त वडाको अध्यक्षमा एमालेका उम्मेदवार भएका कारण वडा सदस्यमा चुनाव लडेका सबै कांग्रेस नेता सूर्य चिन्हमै चुनावमा सहभागी हुँदैछन । त्यस्तै  कांग्रेसले वडाको नेतृत्व पाएको वडामा एमालेका नेताहरूले रूख चिन्हमा चुनाव लड्दैछन । उनीहरूले उम्मेदवारी सोही अनुसादर दिएका छन ।

निर्वाचन आयोगले यसअघि नै दिएको जानकारी अनुसार जुन चुनाव चिन्हमा उम्मेदवारी दिएको हो, त्यो उम्मेदवार विजयी भएको खण्डमा उ पाँच वर्षसम्म सम्बन्धित दलकै प्रतिनिधिको रूपमा रहन्छ । अर्थात देउकला नेपाली व्यवहारत नेपाली कांग्रेसको नेतृ भए पनि उनलाइ कानुनले एमाले नेतृ भनेर चिन्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०८:५२