१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

माओवादीबाट कमलामाईको उपमेयरका उम्मेदवार दीर्घराज श्रेष्ठको उम्मेदवारी खारेज

१३ वैशाख, सिन्धुली । माओवादीबाट कमलामाईको उपमेयरका उम्मेदवार दीर्घराज श्रेष्ठको उम्मेदवारी खारेज भएको छ । समानुपातिकको बन्द सूचीमा नाम राखेर उपमेयरमा उम्मेदवारी दिएका श्रेष्ठको उम्मेदवारी खारेज भएको सिन्धुलीका मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।

जसपाकाबाट केहीसमय अघिमात्र माओवादी प्रवेश गरेका श्रेष्ठको नाम निर्वाचन आयोगमा भएको बन्दसूचीबाट हटाउने कोशिश भए पनि जसपाले नमानेपछि उनको उम्मेदवारी नै खारेज भएको हो । त्यसअघि श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा दर्ता प्रक्रियामा इन्ट्री हुन सकेको थिएन।

कानुन अनुसार अब उनको उम्मेदवारी दर्ता हुन सम्भव छैन । तर सत्तारूढ पार्टीको गठबन्धनका उम्मेदवार भएकाले बन्दसूचीबाट नाम हटाउन लगाएर उम्मेदवारी दर्ता गराउने प्रयासमा गठबन्धनका नेताहरूले प्रयास गरिरहेका छन ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १६:३५