१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

धादिङमा पनि एमालेले खाता खोल्यो, गंगाजमुना ४ मा रत्नमाया घले निर्विरोध निर्वाचित

१३ वैशाख, धादिङ । वैशाख ३० को निर्वाचनका लागि भएको उम्मेदवारीमा निर्विरोध हुनेमा नेकपा एमाले धादिङले पनि खाता खोलेको छ । एमाले धादिङकी उपसचिव राधिका सापकोटाका अनुसार जिल्लाको गंगाजमुना गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन ।

उनका अनुसार गंगाजमुना गाउँपालिका वडा नंम्बर ४ को वडा सदस्यमा रत्नमाया घले निर्विरोध निर्वाचित भएकी हुन । उनी निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले पनि पुष्टि गरेको छ ।

प्रकाशित मिति : April 26, 2022 at 4:19 pm