१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

बझाङको बुंगलमा ५७ पदमा १ सय ८९ जनाको उम्मेदवारी (सूचीसहित)

-सुरेश धामी

१३ वैशाख, बझाङ । जिल्लाको बुंगल नगरपालिकामा ५७ पदको लागि १८९ जनाको उम्दावारी परेको छ । निर्वाचन अधीकृतको कार्यालय बुङ्गलका अनुसार अहिले सम्म मेयर उपमेयर सहित नगरपालिकाका ११ वडामा ५७ पदका लागि १ सय ८९ जनाको उम्मेदवारी आधिकारिक रुपमा दर्ता भएको निर्वाचन अधिकृत मनोज बरालले जानकारी दिए ।

अधिकृत बरालका अनुसार नगरपालिकाको मेयरमा ४ जना र उपमेयरमा ५ जनाले मनोनयन दर्ता गरेका छन । त्यस्तै वडा अध्यक्षको ११ पदमा ४५ जनाको उम्मेदवारी दर्ता भएको छ भने ४४ जना सदस्य पदमा १३५ जनाको उम्मेदवारी परेको छ ।

मेयरमा नेकपा एमालेबाट धनदेवि कुवर गठबन्धनमा नेपाली कांग्रेस बाट जय बहादुर धामी राप्रपा नेपालबाट हर्क बहादुर सिँह र काग्रेस नगर सभापति नरेश थापाले टिकट बितरणमा असन्तुष्टी पार्टीबाट राजिनामा दिई स्वतन्त्र बाट मेयरमा उम्मेदावारी दर्ता गराएका छन् । उपमेयरमा एमाले बाट अम्मरराज जोशी गठबन्धन बाट एकीकृत सामाजवादीका धन बहादुर बोहरा,राप्रपा नेपाल बाट कमला देवि दमाइ र स्वतन्त्र बाट कर्ण बहादुर सिँह र कमला देवि जोशीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै वडा नं १ को वडा अध्यक्षमा एमाले बाट अक्कल बहादुर बोहरा समाजवादी बाट कस्वा बोहरा र स्वतन्त्र बाट विष्णु प्रकाश जोशीले उम्मेदवारी दर्ता गराएका छन् । २ नं वडा अध्यक्षमा एमालेबाट अर्जुन धामी र समाजवादीका विरे धामीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै वडा नं ३ बाट वाडा अध्यक्षमा कांग्रेुस बाट धर्मराज जोशी एमाले बाट बहादुर बोहरा र स्वतन्त्र बाट करे धामी (कर्ण) वडा नं ४मा एमाले बाट आनन्द कार्की राप्रपा बाट हरीचन्द्र जोशी कांग्रस बाट गणेश बादुर कार्की र स्वतन्त्र बाट मदन बिक ,मोहन कुँवर राम बहादुर कार्की र दिपक कार्कीले गरी चार जनाले वडा अध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन् ।

वडा ५ नं वडामा एमाले बाट प्रयागराज धामी समाजवादी बाट नन्दु धामी राप्रपा बाट नरेश कार्की र स्वतन्त्र बाट निराजन कुँवरले उम्मेदवारी दर्ता गराएका हुन भने वडा न ६ मा एमाले बाट हिक्मतराज लुहार कांग्रेस बाट ज्ञानेन्द्र सिँह र स्वतन्त्र बाट राम देवार र धर्वबहादुर सिँहले स्वतन्त्र अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

वडा नं ७ मा एमाले बाट केशबराज जोशी समाजवाद बाट टंक प्रसाद जोशी र स्वतन्त्र बाट बिर बहादुर भण्डारीले उम्मेदवारी दिएका छन् तस्तै वडा नं ८ मा एमाले बाट बिर बहादुर बोहरा कांग्रेस बाट गोपाल सिँह बोहरा र स्वतन्त्र बाट गंगु ऐडी र लोकेन्द्र जागरी वडा ९ मा कांग्रेस बाट हरीस सिहँ एमाले बाट मदनराज जशी र स्वतन्त्र बाट गोरख बहादुर बोहरा र मान बहादुर बिष्टले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै वडा नं १०मा कांग्रेस बा प्रेम आखेडा एमालेबाट गणेश पुजारा र स्वतन्त्र बाट करे बाग,जहरे बोहरा ,महोन बोहरा रबिर बहादुर बोहराले उम्मेदारी दिएका हुन भने वडा नं ११मा एमाले बाट मोहन बोहरा सामाजवादी बाट लोगराज जोशी , स्वतन्त्र बाट कलक बोहरा र जहरे बोहराले मनोनयन दर्ता गराएका हुन । अन्य सदस्य ,महिला सदस्य ,दलित महिला सदस्य गरी १३५ जना वडा सदस्यको उम्मेदवारी पनि दार्ता भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १६:०४