१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मनाङको नार्पाभूमिको उपाध्यक्षमा एमालेका मिङमर फुन्चो निर्विरोध

१३ वैशाख, कास्की । मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामा निर्विरोध भएका छन् । एमालेले उनलाई अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उपाध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले उपाध्यक्षमा १ जनाको मात्रै उम्मेदवारी परेको बताए । निर्विरोध लामा यसअघि वडा नम्बर २ को अध्यक्ष थिए । उपाध्यक्षमा कुनै पाटी र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् । एमालेका लामाको मात्रै एकल उम्मेदवारी परेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले जानकारी दिए ।

अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेदवारी दिएका छन् । कृष्णबहादुर लामाले कांग्रेसमा बागी उम्मेदवारी दिएका छन् ।

वडा नं। १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भएका छन् । नेकपा एमाले समर्थित तर, स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा नं। ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेजे लामा निर्विरोध भएका छन् । वडा नं। २ र ३ मा एमाले र स्वतन्त्र उम्मेदवारले वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १५:२६