१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

१३ वैशाख, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ । सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रकाशित मिति : April 26, 2022 at 11:01 am