२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

जुम्ल्याहा शिशुमध्येका एकको मृत्युपछि रोनाल्डोले भने, ‘अभिभावकले महसुस गर्ने ठूलो पीडा’


६ वैशाख, काठमाडौँ । म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात शिशुको मृत्यु भएको घोषणा गर्दै यसलाई ‘कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा’ भनेका छन् ।

सामाजिक सञ्जालमा एउटा विज्ञप्तिमा उनीहरूले भनेका छन, ‘गहिरो दुःखका साथमा हामी घोषणा गर्छौं कि हाम्रो नवजात शिशुकाे मृत्यु भएको छ । ’ उनीहरूले अगाडि भनेका छन्, ‘यो क्षतिमा हामी स्तब्ध छौँ । ’३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिग्वेजले जुम्ल्याहा सन्तान जन्माउने तयारीमा थिए ।

जुम्ल्याहामध्ये बालिका भने बाँचेकी छिन् । बालिकाको जन्मले आफूहरुलाई यो क्षण केही आशा र खुशीका साथ बाँच्न बल दिएको उनीहरूले बताएका छन् । ‘हाम्रो शिशु बालक, तिमी हाम्रो देवदूत हौ । तिमीलाई सधैं माया गर्नेछौं’, उनीहरूले लेखेका छन् । रोड्रिग्वेजले गर्भवती भएको खुलासा अक्टोबरमा गरेकी थिइन् ।

रोनाल्डोको एउटा छोरा क्रिस्टियानो जुनियर छन् । उनको जन्म सन् २०१० मा भएको थियो । सन् २०१७ मा रोनाल्डोका जुम्ल्याहा सन्तान इभा र माटेओ जन्मेका थिए । रोड्रिग्वेजतर्फ एउटी छोरी पनि छिन् । अलाना मार्टिनाको जन्म  सन् २०१७ मा भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०९:५०

https://srdb.com.np/