४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

बिन्ध्यबासिनी हाइड्रोपावरले वैशाख ११ गतेदेखि आईपीओ निष्काशन गर्दै

२ वैशाख, काठमाडाैँ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

आईपीओ निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार ०७:४२