स्थानीय निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्नुहुँदैनः महामन्त्री थापा
१ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन । कांग्रेस काठमाडौं वडा नंवर ८ ले शनिबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि बताए । थापाले एमाले अध्यक्ष केपी शर्मा ओली कुनकुन दललाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर यताउता चहारिरहेको आरोप लगाए । गठबन्धनको बिरोधमा अभिव्यक्ति दिनेओलीले राप्रपा नेपालदेखि नेपाल परिवार दललाई पनि एमालेको जोडेको उनको भनाइ छ ।
थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति अहिले टिकट आशामा रातारात दल परिवर्तन गरिरहेको तर्क गरे ।

प्रकाशित मिति : April 14, 2022 at 7:46 pm









