सूर्य चिन्ह लिने उम्मेदवार एमालेकै हुन्छः निर्वाचन आयोग
१ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले सम्बन्धित दलको चुनाव चिन्हमा लडेका उम्मेदवार चुनाव जित्दा सोही दलका हुने बताएको छ । निर्वाचन आयोगको यो भनाइसँगै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलअन्तर्गत उसकै चिह्न सूर्य चिह्न लिएर चुनाव लड्ने निर्णय गरेका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारलाई समस्या पर्ने देखिन्छ ।
निर्वाचन आयोगको यो प्रष्टिकरणले सूर्य चिह्नबाट चुनाव जितेर आआफ्ना पार्टीकै जनप्रतिनिधि हुने उनीहरूको उद्देश्य पूरा हुनेछैन । बिहीबारको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहससचिव शालिग्राम पौडेलले भने, ‘चिह्नको कुरा सम्बन्धित पार्टीले हस्ताक्षर गरेर दिएपछि उम्मेदवार हुने हो। कुन व्यक्ति कुन दलसँग सम्बन्धित छ भन्ने आयोगलाई जानकारी हुँदैन। आयोगलाई सम्बन्धित दलले टिकट दिएपछि लड्न पाउँछ। जुन चुनाव चिह्नबाट लडेको छ, त्यो त्यही पार्टीको उम्मेदवार हुन्छ।’
प्रकाशित मिति : April 14, 2022 at 6:53 pm









