१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाली सेनाद्धारा सशस्त्र प्रहरीलाई १० हजार ६ सय हतियार हस्तान्तरण

२७ चैत, काठमाडाैँ । नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५९० नाल हतियार हस्तान्तरण गरेको छ । आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ईन्सास राइफल नाल पाँच सय र एलएसडब्लयु ९० थान गरी कुल ५९० थान हतियार हस्तान्तरण गरेका छन । जम्मा १० हजार ६ सय हतियार मध्ये आइतबार ५९० मात्र हस्तान्तरण भएको छ ।

यद्यपी सम्झाैता भने १० हजार ६ सय थान नै हतियार हस्तान्तरण गर्ने भएको छ । कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल¸ नेपालको तर्फबाट का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झाैतामा कुल इन्सास राईफल 9 हजार तथा लाईट सर्पोट वेपन (एस.एल.डब्लु.) 16 सय नाल हतियार हस्तान्तरण गरिने उल्लेख गरिएको छ ।

हतियारसँगै नेपाली सेनाले सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु पनि हस्तान्तरण गरेको छ । सो अवसरमा रक्षा सचिव किरणराज शर्मा र गृह सचिव टेकनारायण पाण्डे पनि उपस्थित रहेका थिए भने नेपाली सेना  र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू पनि सहभागी रहेका थिए ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १६:०५