राजापुरका मेयर कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश
२५ चैत, काठमाडाैँ । रौतहट राजापुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर मोहम्मद साकील अख्तर एमाले प्रवेश गरेका छन् । मेयर साकिलसहित दुई वडा अध्यक्ष र एक वडा सदस्य पनि एमाले प्रवेश गरेका हुन् ।
वडा नं ३ का वडाध्यक्ष सलाउद्दिन, वडा नं ९ का वडाध्यक्ष शेख मञ्जीर, वडा नं ३ का सदस्य शेख इम्ताज, कांग्रेस जिल्ला कार्यसमिति सदस्य शेख मुबारक बालकोट आएर एमाले प्रवेश गरेका हुन् । उनिहरूसँगै लोसपा केन्द्रीय सदस्य शेख मञ्जुर पनि एमालेमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति : April 8, 2022 at 3:07 pm









