गौरादहकी माओवादी उम्मेदवार राजवंशी पार्टी त्यागेर एमालेमा प्रवेश
२५ चैत, झापा । झापाको गौरादहकी माओवादी नेतृ अर्पणा राजवंशीले पार्टी त्याग गरेकी छिन् । राजवंशी २०७४ सालको निर्वाचनमा गौरादह नगरपालिका झापामा माओवादीको उपमेयर उम्मेदवार थिइन् ।
राजवंशी परिवारसहित आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेकी हुन् । राजवंशीले गएको चुनावमा आफ्ना मेयर उम्मेदवार भन्दा ५ सय बढी मत पाएकी थिइन् तर उपमेयरमा एमाले विजयी भएको थियो ।
प्रकाशित मिति : April 8, 2022 at 2:51 pm









