७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

२५ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले बैशाख ९ गते चौबिसौँ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,

प्रकाशित मिति : April 8, 2022 at 10:23 am