सन नेपाल लाइफमा संस्थापकको सेयरधनीको स्वामित्व घटाइने
१३ कात्तिक, काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण सेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ। कम्पनीले संस्थापकको स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउन लागेको हो।
कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको १६९औँ बैठकले सेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो।प्रस्तावअनुसार कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत कायम हुनेछ। यसका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्नेछ।

प्रकाशित मिति : October 30, 2026 at 11:43 am










