७ असार २०८३, आइतबार | Sun Jun 21 2026

आफ्नो विचार राख्न नपाएपछि निर्वाचन आचारसंहिताको प्रतिवद्धता पत्रमा एमालेले हस्ताक्षर गरेन

२२ चैत, काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमालेका प्रतिनिधिलाई आफ्नो कुरा राख्न नदिएपछि एमालेका तर्फबाट गएका प्रतिनिधिले निर्वाचन आचारसंहिताको प्रतिवद्धता पत्रमा हस्ताक्षर नगरी फर्किएको छ । एमालेका तर्फबाट प्रतिनिधित्व गरेका नेता निरज आचार्यले बोल्ने वातावरण नभएपछि प्रतिवद्धतापत्रमा हस्ताक्षर नगरिएको जानकारी दिएका छन । एमालेका तर्फबाट आचार्यसहित रमेश बडाल सहभागी भएका थिए ।

आचार्यले निर्वाचन आयोगबाट फर्किएपछि भनेका छन, ‘आज निर्वाचन आयोगले बोलाएको बैठकमा देखिएको अवस्था वाट हामी अत्यन्तै गम्भीर भएकाछौ । नेकपा (एमाले)को तर्फबाट म र कानुन विभाग प्रमुख रमेश बढालले भागलिएका थियौ । निर्वाचन आचारसंहिता प्रति नेकपा एमाले प्रतिबद्ध छ । तर आयुक्त ज्यु हरु स्वयं आचारसंहिता प्रति प्रतिबद्ध हो कि हैन प्रश्न उठाउनु पर्ने अवस्था आयो । हामी हाम्रो कुरा राखेर प्रतिबद्धता ब्यक्त गर्न चहान्थिऔ तर त्यो वातावरण बनेन । साना दलहरुको विरोध र नारावाजि जारीरहेको थियो यस्तो तनावको विचमा हस्ताक्षर गर्न उपयुक्त ठानेनौ ।’

प्रकाशित मिति : April 5, 2022 at 2:11 pm