१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

नुवाकोट माओवादीमा बिद्रोहः हितबहादुर विरूद्ध सामाजिक सञ्जालमै ‘मुर्दावाद !’ काे नारा

१७ चैत, नुवाकोट । नेकपा माओवादी केन्द्र नुवाकोटमा बिद्रोह सुरू भएको छ । पूर्व उपाध्यक्षको नेतृत्वमा सयौँ कार्यकर्ताले हितबहादुर तामाङको विरूद्धमा ‘मुर्दावाद १’ को नारा नै घन्काउने अवस्था बनेको छ । पाँच महिनाअघिदेखि सुरू भएको माओवादीभित्रको अन्तरद्धन्द्ध ढिलामात्र सामाजिक सञ्जाल मार्फत छताछुल्ल भएको छ ।

नेकपा माओवादीका कार्यकर्ता है नेताहरूले नै तामाङले जातिय सङ्कीर्णताको राजनीति गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाटै ‘मुर्दावाद !’ को नारा घन्काएका छन । नेताको मुर्दावादको नारामा कार्यकर्ताले पनि साथ दिएका छन भने कतिपयले सामाजिक सञ्जालमा नजुध्न अनुरोध गरेका छन ।

माओवादीका नेताहरू तोयानाथ थपलिया, मुकुन्द पौडेल, गोकर्ण न्यौपाने लगायतका नेताहरू अहिले पूरै जिम्मेवारीबिहीन अवस्थामा छन । उनीहरूले विचार राख्ने औपचारिक फोरम समेत नपाएपछि सामाजिक सञ्जालको प्रयोग गरेको देखिएको छ ।

बिहीबार बिहानबाट सामाजिक सञ्जालमा सुरू भएको नुवाकोट माओवादीको बिद्रोहको अभियानमा सयौँ कार्यकर्ताले सहभागिता जनाएका छन । कतिपयले नुवाकोटमा रहेर माओवादीमै राजनीति गर्ने हो भने थर फेर्न भनेर नेताहरूलाई सुझाव समेत दिएका छन ।

बिहीबार बिहान माओवादी केन्द्र नुवाकोटका पूर्व उपाध्यक्ष मुकुन्द पौडेल ९जो शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका थिए०ले उनले आत्मकेन्द्रीत व्यक्तिवाद र जातिय सङ्कीर्णताको विरूद्धमा लड्नु आजको आवश्यकता हो भनेर अभियान सुरू गरे ।

त्यसको केही समयपछि माओवादीकै प्रभावशाली नेता गाजेन्द्र न्याैपानेले हितबहादुरको गतिबिधि राणाको जस्तै भएको संकेत गर्दै थरमै शम्शेर थपेर मुर्दावादको नारा नै लेखेर सामाजिक सञ्जालमा प्रतिक्रिया जनाए । उनले भनेका छन, ‘केही नयाँ तथा युवा साथिहरुलाई अचम्म र उत्पात लाग्न सक्छ। कतिपय मानिसहरु म सङ्ग नबोल्न नि सक्छन।मलाइ थाहा छ, कम्युनिस्ट पार्टीको संगठन प्रणाली !छलफलको लागि स्वागत गर्दछु । क .हित बदादुर तामाङ्ग(समसेर)- मुर्दाबाद!! नेकपा(माओवादी केन्द्र)- जिन्दाबाद ।’
योक्रम यसैगरी रोकिएको छैन । पुराना माओवादी नेता एवं बेलकोटगढी ३ को लक्ष्मीश्वर माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेक शम्भु पनेरूले बेलकोटगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा नै गरे । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘आगामी वैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनमा बेलकोटगढी नगरपालिकाबाट मेयर पदको उम्मेदवार बन्ने र जिते जनताको सेवामा समर्पित हुने इच्छा जागेकोले मलाई सहायोग गर्नहुन सम्पूर्ण नगरबासी, राजनितिक दलहरु समाजसेवी तथा स्वतन्त्र व्यक्तिहरूहरुसंग हार्दिक अपिल गर्दछु।’

त्यसपछि हितबहादुर तामाङले आफ्नोविरूद्धमा पार्टीका नेता तथा कार्यकर्ताले दिएको अभिव्यक्ति फिटिक्कै चित्त नबुझेर सामाजिक सञ्जाल मार्फत नै आवाज उठाउनेहरूलाई कौवाको संज्ञा दिएका छन । उनले नेता कार्यकर्ताले आफ्नाविरूद्ध लागे थप क्षति हुने सम्मको चेतावनी मिश्रित प्रतिक्रिया दिएका छन । उनले भनेका छन, ‘हाम्रो सामाजिक मान्यता अनरुप कागले आफ्नै नाम लिएर कराएको किन नहोस् त्यसलाई अशुभ भन्छन् ।’

त्यसपछि माओवादीको विद्रोही आवाज हितबहादुर तामाङको प्रतिक्रिया जनाइएको सामाजिक सञ्जालको मुनीनै प्रवेश गर्छ । नेता न्यौपानेले तामाङको स्टाटसमै गएर जावफ दिँदै ८ बुँदामा कागको विशेषता बताएका छन । उनले दिएको प्रतिक्रिया यस्तो छ, ‘काग कराउनुलाई शुभ, अशुभ दुबै मान्ने नेपाली समाजको मान्यता रहेको छ।काग एक अनौठो पंक्षी हो । कागका सम्बन्धमा अनेकन रोचक तथ्य सुन्ने गरिएको छ ।’

गजेन्द्रले पेश गरेका ८ तर्क यस्ता छन
१. काग निकै चलाख पंक्षी मानिन्छ । यसको मस्तिष्कको संरचना पनि करिब मान्छेको जसरी बनेको हुन्छ भनिएको छ । अरु पंक्षीको तुलनामा कागको स्मरणशक्ति राम्रो मानिन्छ । कागले मान्छेले झै नक्कल गर्न सक्छ।
२. रमाइलो त के भने कागको जेठो सन्तानले आफ्ना आमाबुवाका अन्य सन्तानलाई हुर्काउनका लागि सहयोग गर्छ ।
३. कागले अन्डा कोरलेपछि भाले र पोथी आलोपालो गरेर ओथरा बस्छ ।
४. कागले आफ्नो साधरण आवाज बाहेक पनि अलग भाषामा कुरा गर्छ । अक्सर कुनैपनि खतराको संकेत गर्दा उनीहरु यस्तो भाषा प्रयोग गर्छन् ।
४. जब एउटा काग मर्छ, तब अन्य कागले त्यहाँ कुनै खतरा छ वा छैन भन्नका लागि परीक्षण गर्छ ।
५. कागले मान्छेको अनुहार पहिचान गर्छ।
६. कागलाई चालु प्रवृत्तिका मानिन्छ । कागमा बदलाको भावना लामो समयसम्म रहिरहन्छ ।
७. काग संसारमा धेरै पहिलेदेखि अस्तित्वमा रहेको पाइन्छ ।
८. कागले २ सय ५० थरीसम्म आवाज निकाल्न सक्छ ।

नेता र कार्यकर्ताको बीचमा भएको भनाभनमा सयाैँ कार्यकर्ता सहभागी भएको जानकारी पाएपछि नेता तोयानाथ थपलियाले व्याङ्ग्य गर्दै लेखेका छन, ‘चुनावको माैसम चैत्रको महिनामा नुवाकोटको जंगलतिर चड्कने परेर एउटा झिल्को आगो लाग्यो भन्ने खबर आयो  । सत्यानासहुनवाट जोगाऔँ ।’

माओवादीका नेताहरू रजमान तामाङ, हिरानाथ खतिवडा, धर्मराज अधिकारी लगायत पनि हितबहादुरको कार्यशैलीबाट पहिल्यैदेखि आजित भएका छन । उनीहरूले पनि पार्टीको औपचारिक फोरम र सामाजिक सञ्जालमा आक्रोश नपोखे पनि आफ्ना निकटहरूसँग दुःखेसो पोख्नने गरेका छन ।

प्रकाशित मिति : March 31, 2022 at 8:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/