५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

आईपीओ निष्काशनको अनुमति माग्दै धौलागिरी लघुवित्त धितोपत्र बोर्डमा

१० चैत, काठमाडाैँ । सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै धौलागिरी लघुवित्त वित्तीय संस्थाले  नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ कित्ता शेयर निष्काशनकाे अनुमित माग्दै लघुवित्तले बोर्डमा आवेदन दिएको हो।

लघुवित्तको हाल चुक्ता पूँजी ७ करोड रपैयाँ रहेको छ। ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १३:४८