१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चोरीको आरोपित साह कारागार चलान

३ चैत, सप्तरी । चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई बिहीबार पक्राउ गरी कारागार चलान गरेको छ । राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले साहको घरबाटै पक्राउ गरी ३० हजार जरिबाना तिराई कारागार चलान गरेको हो।

राजविराज नगरपालिका-७ बस्ने शिव नारायण साहको जाहेरीको आधारमा जिल्ला अदालत सप्तरीले १५ जेठ २०७६ मा साहले ३० हजार जरिबाना र एक महिना चार दिनको कैद सजाय भोग्नुपर्ने फैसला गरेको थियो । फैसलापछि प्रतिवादी फरार रहेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १६:४७