२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

दुईजनाकाे मिर्गौला झिकेर बेच्न खाेज्ने लामा बालाजुबाट पक्राउ

२० फागुन, काठमाडाैँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा सम्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । मिर्गौला झिकेर बेच्न उद्देश्यले आर्थिक प्रलोभनमा पारेर दुईजनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित न्यू दक्षिणकाली होटलमा ल्याएर राखेको अवस्थामा बालाजुस्थित महानगरीय प्रहरी वृत्तको टोलीले मकवानपुर हेटौँडाका मोती लामालाई बुधबार पक्राउ गरेको हो ।

प्रतिकात्मक तस्बिर ।

एउटा मिर्गाैला झिक्दा खासै फरक नपर्ने रु आठ लाख कमाइ हुन्छ भनी दुईजनालाई ललाइफकाइ माछापोखरीको होटलमा ल्याएर राखेको अवस्थामा लामालाई पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले भारत लैजान ठीक पारिएका उनीहरूलाई उद्धार पनि गरेको थियो । पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योगमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताइएको छ ।

प्रकाशित मिति : March 4, 2022 at 12:09 pm