५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

विप्लवसँग भेटेपछि भिम रावल भन्छन्ः देशभक्त एक हुने र मोर्चा बनाउने प्रस्ताव सकारात्मक

१९ फागुन, काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले स्वाधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने बिषय सकारात्मक रहेको बताए्र

बिहीबार काठमाडौँमा नेकपा एमाले अछाम काठमाडौँ सम्पर्क मञ्चको ११ औं सम्मेलन उद्घाटन गर्दै राववले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरुको प्रस्ताव सकारात्मक रहेको बताएका हुन् ।

देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए । त्यस्तै उनले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरुका नेतालाई जनताले आगामी चूनावमा ठोक्नुपर्ने समेत बताए । उनले एमसीसी पारित भएसंगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे । रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वभाविक रहेको उल्लेख गरे । राष्ट्रघाती बिषयमा मात्र आफुले बोलेको भन्दै उहाले पार्टीको हित बिपरित कहि कतै नवोलेको तर्क गरे ।

त्यस्तै रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : March 3, 2022 at 5:29 pm