५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

पार्टी छाडेर जानसक्ने चेतावनी दिएका प्रचण्ड नारायणकाजीलाई फकाउन हात्तीवन पुगे

१७ फागुन, काठमाडाैँ । पार्टीमा असन्तुष्टि जनाइरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रेष्ठको निवास गएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलाई लिएर असन्तुष्ट बनेका नेता श्रेष्ठलाई फकाउन प्रचण्ड प्रचण्ड मंगलवार दिउँसो श्रेष्ठको निवास हात्तीवन पुगेका हुन् ।

एमसीसी संशोधनबिना अगाडि बढाउन सहमति दिएको भन्दै श्रेष्ठ असन्तुष्ट छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र राख्नुपर्ने मतभेद बाहिर राखेको भन्दै प्रचण्डले श्रेष्ठप्रति असन्तुष्टि जनाएका थिए । उनले श्रेष्ठलाई पार्टी छाडेर जानसक्ने चेतावनीसमेत दिएका थिए ।

प्रकाशित मिति : March 1, 2022 at 5:29 pm