१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एमाले सांसद बानियाँ बलात्कार आरोपमा पक्राउ

१६ फागुन, काठमाडाैँ । जबर्जस्ती करणी (बलात्कार)को आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार २२:१०