१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संसद् भवन अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियाे

१६ फागुन, काठमाडाैँ । संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेकाे हाे ।

संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए । त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।


एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रका त्रास उत्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार १३:१४