५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

अधिवेशनको चार महिना पूरा नहुँदै टुंगियो एमाले विदुरको नेतृत्व, अध्यक्षमा प्रधान र सचिवमा श्रेष्ठ

१२ फागुन, नुवाकोट । नेकपा एमाले विदुर नगरकमिटीको नेतृत्वको अधिवेशनको चार महिना पूरा नहुँदै टुंगिएको छ । कार्यकर्तामा खासै विवाद नभए पनि नेताहरूको बीचमा विवाद देखाएर चार महिना पूरा हुन दुई दिनमात्र बाँकी हुँदा नेतृत्वको टुंगो लागेको हो ।

नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीकाे काठमाडाैँको घरमा बिहीबार बिहान बसेको अध्यक्ष मण्डलको बैठकले नुवाकोटको नेतृत्वको टुंग्याएको अध्यक्ष मण्डलका सदस्य नारायण घिमिरेले दैनिकीलाई जानकारी दिए । नेतृत्व टुंगयाउने छलफलका लागि अध्यक्ष मण्डलको बैठक केहीदिनदेखि काठमाडाैँमै बसिरहेको थियो ।

अध्यक्ष प्रधान र सचिव श्रेष्ठ । ज्याकेटमा प्रधान र कोटमा श्रेष्ठ ।

अध्यक्ष मण्डले टुंग्याए अनुसार अध्यक्षमा नविन प्रधान, उपाध्यक्षमा मनोज अधिकारी, सचिव अनुजकुमार श्रेष्ठ, उपसचिवमा राजकुमार केसी र भक्तबहादुर अधिकारी रहेका छन । अध्यक्ष प्रधान र सचिव श्रेष्ठ यसअघि पनि सोही पदमा रहेका थिए । नगर कमिटीको अध्यक्ष र सचिवमा दाबी गर्ने अन्य उम्मेदवारहरूको जिल्ला कमिटीमा व्यवस्थापन गरेर नेतृत्वको टुंगो लगाइएको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले कातिक १४ गते बट्टारको कभर्ड हलमा गरेका थिए ।

यो पनि पढ्नुहोस्

-एमाले विदुरमा ६५ सदस्य निर्वाचित, पदाधिकारीको घोषणा अध्यक्ष मण्डलले गर्ने

-नुवाकोटको विदुर फेरि एमालेको लालकिल्ला बन्दै, नेतृत्वमा सबै युवा

-नेकपा एमालेको विदुर नगर कमिटीमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा प्रधान र सचिवमा श्रेष्ठ

 

प्रकाशित मिति : February 24, 2022 at 10:56 am